SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

बर्ड फ्लु देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिडियाखानाले शुक्रबार सूचना जारी गर्दै संक्रमण थप फैलिन नदिन तथा आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न आजदेखि लागू हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधि स्थगित गरिएको जनाएको छ।