SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

घुससहित पक्राउ परेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी गरिदिने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख–हैरानी दिँदै यादवले ७२ हजार रुपैयाँ घुस मागेका थिए। उजुरीका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।