SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

दुई वर्षीया बालिकाको खोजीमा सयौ जवान र ड्रोन, कुकुरको मृत्युले गहिरियो रहस्य

भारत :  काकीनाडा जिल्लाको डोंडावका पञ्चायतस्थित सीएच अग्रहारमको ताडको तेल (पाम आयल) बगैंचामा आफ्ना बुबालाई खोज्दै गएकी दुई वर्षीया ज्ञानेश्वरी हराएको घटनाले रहस्यमय रूप लिएको छ । धेरै दिन बितिसक्दा पनि बालिकाको कुनै अत्तोपत्तो लाग्न सकेको छैन ।उनको खोजीका लागि एसडीआरएफ, एनडीआरएफ, ड्रोन टोली, प्रहरी र स्थानीय बासिन्दा परिचालन गरिएका छन् । उनीहरूले ४० एकडको पाम आयल बगैंचा र ५०० एकडको पहाडी क्षेत्रमा खोजी अभियान चलाइरहेका छन् । मौसम प्रतिकूल भए पनि खोजी कार्य निरन्तर जारी छ ।