प्यूठानमा भीरबाट लडेर एकको मृत्यु, करेन्ट लागेर युवा गम्भीर
प्यूठान : दुई छुट्टाछुट्टै घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छ्न्। नौबहिनी गाउँपालिका-६ लुङलेखका ५१ वर्षीय मतबहादुर केसीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।गुल्मीबाट घर फर्किँदै गर्दा लुङलेखस्थित गोरेटोबाटोबाट १५० मिटर तल घोप्टे भीरमा लडेर बिहीबार साँझ उनको ज्यान गएको हो ।त्यस्तै ऐरावती गाउँपालिका-४ कैरनमा करेन्ट लागेर एकजना युवा घाइते भएका छ्न् । रैनादेवी छहरा पाल्पाका १८ वर्षीय सुधन राना घाइते भएका हुन् ।
