SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

प्रअ धामी आत्महत्या प्रकरण: न्याय माग्दै दार्चुला अदालत घेराउ

दार्चुला : सम्पाल माध्यमिक विद्यालय, सुन्सेराका प्रधानाध्यापक बलदेब धामीको आत्महत्या प्रकरणलाई लिएर दार्चुला सदरमुकाम खलंगा आन्दोलित बनेको छ। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडित पक्ष तथा स्थानीय सर्वसाधारण विगत तीन दिनदेखि निरन्तर धर्नामा बसेका छन्।गत जेठ ४ गते सामाजिक सञ्जाल फेसबुकमा एक सुसाइड नोट सार्वजनिक गर्दै प्रधानाध्यापक धामीले आत्महत्या गरेका थिए। उक्त आत्मघाती कदम पछाडिका दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै आन्दोलन सुरु भएको हो।