सरकारले सार्वजनिक ऋण उपलब्धीमुलक क्षेत्रमा मात्र लगानी गरोस् : हर्क साम्पाङ
काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले सरकारको राष्ट्रिय ऋण उठाउने विधेयक द्विविधिपूर्ण रहेको बताएका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले राष्ट्रिय ऋण उठाउने विधेयक ऋण उठाउने कि ऋण लिने भन्ने द्विविधापूर्ण रहेको बताउँदै सरकारले यसलाई स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।सांसद राईले जिब्रो नचपाई जे छ त्यहि बोल्नु पर्ने बताउँदै विधेयकमा सार्वजनिक ऋण लिने विषय लेख्दा राम्रो हुने सुझाव समेत दिए ।
