SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

फिफा विश्वकप २०२६ : रोकियो पोर्चुगल

एजेन्सी /ह्युस्टन : उपाधि दावेदार मानिएको युरोपेली राष्ट्र पोर्चुगल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा कंगोसँग रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा बुधबार राति भएको खेलमा कंगोले पोर्चुगललाई १–१ को बराबरीमा रोक्दै अंक खोसेको हो। समूह ‘के’ अन्तर्गतको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पोर्चुगल कंगोसँग अंक बाँड्न बाध्य भएको हो। जोआओ नेभेसले खेलको छैटौं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।