भ्रष्टाचारीलाई कारवाही गरेर स्वीस बैंकदेखिका पैसा नेपाल ल्याउनु पर्छ : सांसद भट्टराई
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भट्टराईले डा. स्वर्णिम वाग्लेले आउँदो वर्ष राष्ट्रिय ऋण कम उठाउने वाचा आफूहरुलाई दिनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय ऋण उठाउने विधेयकमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले डा. स्वर्णिम वाग्ले आउँदा पनि ऋणै उठाउनु पर्छ र भन्ने आफूलाई लाग्ने गरेको बताउँदै विगतदेखिका समस्याका कारण यो अवस्था रहेको बताएका छन् ।
