संसदबाट सरकारलाई राप्रपाको प्रश्नै–प्रश्न
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठकबाट सरकारलाई प्रश्नै–प्रश्न उठाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले सुशासन र भ्रष्टाचारका विरुद्ध कडा कदम चाल्नेमा आफूहरु अझै आशावादी रहेको बताएका छन् ।सरकारको सुशासनको पक्षमा खुलेर साथ दिएको र दिने बताउँदै सांसद शाहीले विरोधका लागि विरोध नगर्ने तर बेथितिका विरुद्ध आवाज उठाइरहने बताए ।
