पछिल्लो २४ घण्टामा २ हजार ५५६ सवारीचालक ट्राफिक कारबाहीमा
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ५५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ३९ हजार राजस्व दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा परेकाहरूमा मादकपदार्थ सेवन गरेका १०६,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जना रहेका छन्।
