संसदमा कांग्रेसको प्रश्न : हामी विधिको शासन चलाउँदै छौं कि सिंहदरबारबाट हुकुमी राज ?
काठमाडौं : नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले ‘हामी विधिको शासन चलाउँदै छौं कि सिंहदरबारबाट कुनै अदृष्य गिरोहको हुकुमी राज जन्माउँदैछौं’ भन्दै संसदमा प्रश्न गरेका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकको शुरुमै बोल्दै सांसद बुढाले प्रधानमन्त्री कार्यालयले मानवअधिकार आयोगका पदाधिकारीलाई नौं घण्टा दवावमा राखेको विशेष व्यक्ति पक्राउका लागि दवाव दिएको भन्ने समाचार सार्वजनिक भएको बताएका छन् ।
