SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

योग्यता विवाद : महान्यायाधिवक्ता कँडेलविरुद्धका रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं : महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुने भएको छ।  सुनुवाइका लागि न्यायाधीश डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासमा पेशी तोकिएको छ। उनीविरुद्ध तीनवटा उजुरी दर्ता भएका छन्।  यसअघि बैशाख १० गते न्यायाधीश कुमार रेग्मीको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी गरेको थियो।