प्रतिनिधिसभामा विपक्षी दलको अवरोध कायमै
काठमाडौं : प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध शुक्रबार पनि कायमै रहेको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।विरोधपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएका छन्। त्यसपछि विपक्षी सांसदहरूले क्रमशः आफ्नो भनाइ राखिरहेका छन्।प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्।
