सुनको मूल्य तोलाको साढे १० हजारले घट्यो
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ । छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
