SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

भारतीय बाँधले निम्त्याउँदै बाढीको त्रास

रौतहट : नेपाल–भारत सीमामा भारतीय पक्षले एकलौटी रूपमा बाँध अग्लो बनाएको छ। रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बहानामा झन् अग्लो र बलियो बनाएपछि सदरमुकाम गौरसहित दर्जनौं गाउँ बाढीको त्रासमा बस्न बाध्य हुनु परेको छ।सीमा क्षेत्रको दसगजा वा त्यसको नजिकमा दुवै देशको सहमतिअनुसार कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले एकतर्फी रूपमा बाँध मर्मतको बहानामा झन् अग्लो र बलियो बनाएको छ।