परिवर्तनको पर्खाइमा रास्वपा सरकारको अग्निपरीक्षा
विश्वव्यापी रूपमै परम्परागत राजनीतिप्रति बढ्दो नागरिक असन्तुष्टि र युवा विद्रोहको प्रभाव नेपालमा पनि ‘जेन—जी आन्दोलन’ मार्फत प्रकट भएको छ। अन्तर्राष्ट्रिय मञ्चमा देखिएका स्थापित सत्ता–विरोधी लहरजस्तै नेपालमा पनि पुराना दलहरूको असफलताले नयाँ शक्तिलाई सत्ताको साँचो सुम्पेको छ। दशकौं लामो राजनीतिक अस्थिरता, भ्रष्टाचार र निराशाको जगमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार नेपाली राजनीतिमा एउटा नयाँ आशा र प्रयोग हो।
