नीलकण्ठ र नेत्रावतीले गरे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक
धादिङ : धादिङको नीलकण्ठ नगरपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।नीलकण्ठ नगरपालिका: १ अर्ब २४ करोडभन्दा बढीको बजेटनीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ८८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख दीपक विश्वकर्माले चालु खर्चतर्फ ८७ करोड २७ लाख ५३ हजार र पुँजीगत खर्चतर्फ ३६ करोड ७३ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको बजेट प्रस्तुत गरे।
