विपद्को बहानामा मन्त्रीलाई हेलिकप्टर चढ्न रोक
काठमाडौं : जब–जब प्राकृतिक विपद्का घटना घट्छन्, निरीक्षण र अनुगमनको बहानामा मन्त्रालयका कर्मचारी तथा मन्त्रीहरू हेलिकप्टर चढेर घटनास्थल पुग्नु एउटा फेसन जस्तै बनेको थियो। विपद् उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उद्धार कार्यसँगसँगै विशिष्ट व्यक्ति (भीआईपी) को सुरक्षा व्यवस्था मिलाउन भ्याइनभ्याइ हुन्थ्यो। भीआईपी घटनास्थलमा जाँदा हेलिकप्टरको लाखौं खर्च हुनुका साथै उनीहरूको व्यवस्थापन र अन्य बन्दोबस्त मिलाउँदा सुरक्षा निकाय तथा स्थानीय सरकारलाई समेत थप बोझ परिरहेको थियो।
