SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

फिफा विश्वकप २०२६ : मेसी चम्किँदा रोनाल्डो दबाबमा

काठमाडौं : फिफा विश्वकप २०२६ ले दुई महान हस्ती लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फेरि एकपटक आमनेसामने उभ्याएको छ। दुवै खेलाडीका लागि यो सम्भवतः अन्तिम विश्वकप भएकाले उनीहरूको प्रदर्शनमाथि विश्वभरका समर्थक र विश्लेषकहरूले विशेष नजर लगाइरहेका छन्। विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाका कप्तान मेसीले आफ्नो जादुमय खेललाई निरन्तरता दिँदा पोर्चुगलका कप्तान रोनाल्डोले भने धेरैको अपेक्षाअनुसार आफूलाई प्रमाणित गर्न सकेनन्।