ओमान जाने महिलाको पासपोर्टमा कुवेतको भिसा !
काठमाडौं : भिजिट भिसामा ओमानको राजधानी मस्कट जान लागेका २७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथमा रहेको पासपोर्टमा कुवेतको भिसा लगाइएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत जान नेपाल सरकारले प्रतिबन्ध लगाएको छ। सरकारले कानुनी रूपमा जान नदिए पनि विभिन्न अवैध माध्यम हुँदै हजारौं नेपाली महिला कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत छन्।
