SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

९ खेलाडीमा सीमित बनेको कतारमाथि क्यानडाको आधा दर्जन गोल, जोनाथन डेविडको ह्याट्रिक

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह बी अन्तर्गत भएको चौथो खेलमा क्यानडाले कतारलाई ६-०ले पराजित गरेको छ। भ्यानकुभरमा भएको खेलमा  पहिलो हाफमा क्यानडाले कतार विरुद्ध ३- ० को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ३ गोल गर्दै क्यानडाले कतारमाथि उत्कृष्ट जित दर्ता गरेको हो। क्यानडाको जितमा जोनाथन डेविडले ह्याट्रिक पूरा गरे जारी विश्वकपमा ह्याट्रिक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन्।खेलको सुरुवाती समयबाट नै कतार विरुद्ध क्यानडाले दबाब बनायो।