चियामा तगारो, कूटनीतिक पहलको खाँचो
भारतले नेपाली चियामा प्रयोगशाला परीक्षणको बहानामा गरिरहेको अवरोधले लाखभन्दा बढी मजदुर एवं कर्मचारीको रोजगारी धरापमा छ। झापा र इलामका ३० भन्दा बढी चिया उद्योग संकटमा छन्। सयौं किसानलाई ऋणको भारी आइपर्ने जोखिम छ। वैशाखको मध्यमदेखि भारतले बेलाबेला विभिन्न बहाना गर्दै नेपाली कृषि उपजमा तगारो खडा गर्छ। यो विगतदेखिकै प्रवृत्ति हो। भारतमात्र साढे दुई करोड किलो जति चिया नेपालीले उत्पादन गरेर बिक्री गर्दै आएका छन्। निर्यातमा एकमात्र देश निर्भर हुनुपर्दा भारतीय तगारोले नेपाली चिया बिक्री ठप्पै हुन्छ।
