SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

रास्वपाको नेतृत्व सहमतिमा नै चयन गर्ने तयारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहमतिबाटै नेतृत्व चयन गर्ने तयारी भएको छ। असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा रास्वपाको प्रथम महाधिवेशन हुन गइरहेको छ।पार्टीको पहिलो महाधिवेशन भएको र बाहिरबाट विभिन्न समूहहरू समायोजन भई पार्टी बनेका कारण सहमतिबाटै नेतृत्व चयन गर्ने शीर्ष नेताहरूको तयारी छ। ‘महाधिवेशन अघि केही साथीहरू समायोजन प्रक्रियाबाट आउनु भएको छ।