३३ वर्षपछि फर्काइए आकाश भैरवका ऐतिहासिक मुकुट
ऐतिहासिक सहर दोलखाको गुरुकोट टोलबाट ३३ वर्षअघि चोरी भएको आकाश भैरव (हाथ्व) का दुईवटा ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका मुकुट आफ्नो पवित्रभूमि सांस्कृतिक सहर दोलखा फर्काएका छन्। अमेरिकाका विभिन्न सङ्ग्रहालयमा पुगेका यी अमूल्य सम्पदालाई कूटनीतिक तथा कानुनी प्रक्रियामार्फत स्वदेश फिर्ता ल्याइएपछि बिहीबार राष्ट्रिय सङ्ग्रहालय छाउनीबाट दोलखा ल्याइएको हो।
