रुसको मस्कोमा युक्रेनले गर्यो हालसम्मकै ठूलो आक्रमण
काठमाडौं : रुसको राजधानी मस्कोमा युक्रेनले हालसम्मकै ठूलो आक्रमण गरेको छ। दुई देशीच युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्। मस्को आसपासका विभिन्न क्षेत्रमा करिब दुई सय ड्रोन प्रहार भएको थियो। जसका कारण मस्कोको आकाशभर बाक्लो धुवाँको मुस्लो देखिएको छ।मस्को क्षेत्रका गभर्नर आन्द्रेइ भोरोब्योभका अनुसार आक्रमणमा १७ जना घाइते भएका छन्।
