बालबालिकाहरूको सिकाइ : कक्षाकोठादेखि गाउँसम्म
वीरेन्द्रनगर : शिक्षा केवल किताब, परीक्षा र प्रमाणपत्रमा सीमित हुँदैन। वास्तविक शिक्षा त्यो हो, जसले बालबालिकालाई समाज बुझ्न, मानिससँग घुलमिल हुन, समस्या पहिचान गर्न र समाधान खोज्न सक्षम बनाउँछ। यही अवधारणालाई व्यवहारमा उतार्दै एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले ‘कक्षाकोठालाई समुदायसँग जोड्ने’ कार्यक्रमअन्तर्गत कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूलाई लेकवेशी नगरपालिका–५ स्थित नेरा माध्यमिक विद्यालयमा एक साताको शैक्षिक क्याम्प सञ्चालन गरेको छ।
