मधेसमा सडक सुरक्षाको चुनौती कायमै
जनकपुरधाम : पछिल्लो समय सडक दुर्घटना एक प्रमुख सुरक्षा चुनौतीको रूपमा अगाडि आए पनि यसको न्युनीकरणको सवालमा खासै संवेदनशीलता देखिएको छैन। मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना भए जसमा २७४८ जनाले ज्यानै गुमाउनु परेको छ तर, पनि सडक सुरक्षाको सवालमा प्रदेश सरकारले जुन अनुपातमा काम गर्नुपर्ने थियो त्यो हुन सकेको छैन।
