SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

रासायनिक मलको कालोबजारी नियन्त्रण गर्न हटलाइन

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। मन्त्रालयले मलसम्बन्धी गुनासो, उजुरी तथा जानकारी संकलनका लागि ९७०००९९११३ नम्बर तोकेको जनाएको छ। उक्त नम्बरमा किसान तथा सरोकारवालाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सम्पर्क गरी मलको अभाव, कालोबजारी, कृत्रिम अभाव सिर्जना, वितरणमा अनियमितता लगायतका विषयमा जानकारी दिन सक्नेछन्।