SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

भारतबाट मोटरसाइकलमा ३२ लाख रुपैयाँ बोकेर नेपाल आउँदै गरेका २ युवक पक्राउ

काठमाडौं : सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकबाट स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा म.प्र. ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल चालक सर्लाहीको रामनगर गाउँपालिका–३ का २८ वर्षीय गुडु कुमार यादव र सोही ठाउँका २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।