SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

सक्रिय राजनीतिबाट अलग भए कृष्णबहादुर महरा

काठमाडौं : पूर्वसभामुख एवं नेकपाका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै महराले आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको र उपचार तथा नियमित थेरापी गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेकाले सक्रिय राजनीतिक जिम्मेवारी निर्वाह गर्न कठिन भएको बताएका हुन्।