SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

क्यानडा र कतार ऐतिहासिक पहिलो जितको खोजीमा, अर्को खेलमा स्विट्जरल्यान्ड र बोस्निया भिड्ने

काठमाडौं : पहिलो चरणमा सबैले बराबरीको नतिजा आत्मसात गरेका कारण समूह ‘बी’ अहिले सन्तुलित छ । क्यानडा, कतार, स्विट्जरल्यान्ड र बोस्निया एन्ड हर्जोगोभिना सबैको समान एक अंक छ । सबैलाई थाहा छ दोस्रो चरणका खेलमा जित हासिल गरे आफू नकआउट चरणको लागि छनोटको संघारमा पुग्न सकिन्छ भन्ने ।क्यानडा भर्सेस कतारनेपाली समयअनुसार शुक्रबार बिहान ३ः४५ भ्यानकोभरस्थित बिसी प्लेसमा कतारसँग खेलिरहँदा सह–आयोजक क्यानडा ऐतिहासिक पहिलो जितको लक्ष्यमा हुनेछ ।