SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

‘ठेकेदारको खुट्टा’ भाँच्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले संसदबाट दिए यस्तो जवाफ

काठमाडौं : पूर्वाधार बिकासमन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री लम्सालले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएका कारण पहिलो बर्ष केहि आयोजनामा बजेट कम भएको जस्तो देखिएको बताएका हुन् ।उनले पहिलो बर्षमा आयोजनाहरुमा छुट्याइएको बजेट कम भए रकमान्तर गरेर भए पनि पूर्ति गरिने उल्लेख गरे ।