SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

विज्ञान तथा नव प्रवर्तन क्षेत्रलाई अघि बढाउन कानुन, ऐन र नीति ल्याइन्छ : मन्त्री पुन

काठमाडौं : विज्ञान, प्रविधि तथा नव प्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नव प्रवर्तन क्षेत्रलाई अघि बढाउन आवश्यक कानुन, ऐन तथा नीति ल्याइने बताएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री पुनले आणविक ऊर्जा ऐन, जैविक सुरक्षा तथा जैविक प्रविधि, विज्ञान प्रविधि तथा नवप्रवर्तन लगायतका ऐन ल्याउने योजना रहेको बताएका हुन् ।