झोलामा खोलाको प्रवृति अन्त्य गरेरै छाड्छु : मन्त्री श्रेष्ठ
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको प्रवृति अन्त्य गरेरै छाड्ने बताएका छन् । संसदमा बिहीबार बिनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री श्रेष्ठले जलविद्युत आयोजना कब्जा गर्ने गरी हुँदै आएको झोलामा खोलाको प्रवृति अन्त्य गरेरै छाड्ने बताएका हुन् ।वास्तविक लगानीकर्तालाई सहजीकरण गर्न मन्त्रालय सधैँ प्रतिबद्ध रहेको भन्दै उनले निजी क्षेत्रमैत्री हुँदाहुँदै पनि सुशासनका सन्दर्भमा केही निर्मम बन्नुपर्ने अवस्था आएको बताए ।
