मेटलाइफ नेपालद्वारा “क्रिटिकल इलनेस प्लस” राइडर सार्वजनिक
काठमाडौं : मेटलाइफ नेपालले “क्रिटिकल इलनेस प्लस” नामक नयाँ राइडर सार्वजनिक गरेको छ। जसले जीवनका सबैभन्दा संवेदनशील क्षणहरूमा तत्काल आर्थिक राहत प्रदान गर्ने उद्देश्य राख्छ। यस राइडरले व्यक्तिगत जीवन बीमा योजनालाई थप सशक्त बनाउँदै गम्भीर रोगको निदान भएपछि एकमुष्ट रकम भुक्तानी गर्ने व्यवस्था गरेको छ। यसले अस्पताल खर्च मात्र नभई उपचारपछिको पुनःस्थापना, आम्दानीमा हुने कमी तथा दीर्घकालीन हेरचाहका कारण पर्ने आर्थिक भारलाई समेत सम्बोधन गर्दछ।
