अमेरिकामा ‘विशेष प्राकृतिककरण नागरिकता’ खारेज अभियान तीब्र
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्राकृतिककरण (नेचुरलाइजेसन) प्रक्रियामार्फत अमेरिकी नागरिकता प्राप्त गरेका व्यक्तिहरूको नागरिकता खारेज (डिन्याचुरलाइजेसन) गर्ने अभियानलाई तीव्र बनाएको छ ।अमेरिकी न्याय विभागका एक वरिष्ठ अधिकारीका अनुसार प्रशासनले आगामी अक्टोबरभित्र कम्तीमा २५० वटा डिन्याचुरलाइजेसन मुद्दा दायर गर्ने योजना बनाएको छ । यस वर्ष दुई महिनाभन्दा कम अवधिमै न्याय विभागले २९ वटा मुद्दा दायर गरिसकेको छ ।
