कोशीबाट संगीत रोयल्टी संकलन सुरु, नतिरेमा सवारीको नवीकरण रोकिने
विराटनगर : सार्वजनिक रूपमा गीत–संगीत बजाएर व्यवसाय सञ्चालन गर्ने तथा त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिने व्यक्ति, संस्था र व्यवसाय अब संगीत रोयल्टी तिर्न बाध्य हुने भएका छन्।वर्षौंदेखि कानुनमा व्यवस्था भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको रोयल्टी प्रणालीलाई कोशी प्रदेशबाट व्यवहारमा लागू गरिएको हो।
