SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सेयर बजारको ओरालो यात्रा कायमै,नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं : बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।  नेप्से परिसूचक ५.०६ अंकले घटेर २७०० विन्दुमा झरेको छ। साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा अडिएको थियो। सो दिन ३ अर्ब ६३ करोड मूल्य बराबरको कारोबार भएको थियो। त्यसअघि सोमबार र मंगलबार दुवै दिन नेप्से परिसूचकले ओरालो यात्रालाई निरन्तरता दिएको थियो।आज नेप्से घटेसँगै कारोबार रकममा पनि बुधबारको तुलनामा गिरावट आएको छ। यसदिन ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार ७९८ रुपैयाँमा कारोबार भयो।