कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा, कागजपत्र नियन्त्रण
भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको खुलेको छ । नदीजन्य पदार्थको ठेक्कामा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले मंगलबार छापा मारेर ठेक्कासँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएको हो । कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले घटनाको पुष्टि गर्दै अख्तियारले ठेक्कासँग सम्बन्धित कागजपत्रको प्रतिलिपी लिएर गएको बताए ।
