SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

पासपोर्ट ठेक्का प्रकरण : पूर्वपरराष्ट्रमन्त्री राणा अनुसन्धानको दायरामा, हाजिर हुन अख्तियारको पुर्जी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि पूर्व परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। अख्तियारको टोलीले बूढानीलकण्ठस्थित देउवा निवासको भग्नावशेषमा पुगेर बयानका लागि हाजिर हुन आउनु भन्दै म्याद तामेल गरेको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारका पदाधिकारीलाई बोलाएर कामकारबाही अगाडि बढाउन दबाब दिएलगत्तै पूर्वपरराष्ट्रमन्त्री राणालाईसमेत तीन दिने पुर्जी काटिएको स्रोतको भनाई छ।