कांग्रेसको प्रश्न-अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइको विषय के हो ? (भीडीयो)
काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइएको भन्ने विषयप्रति आपत्ति जनाएको छ।प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पत्रकार सीताराम बरालको फेसबुक लाइभमार्फत सार्वजनिक भएको विषय उठाउँदै गम्भीर आरोप लगाएका हुन्।
