SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

मन्त्रीहरुले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै एमालेले माग्यो सभामुखको ‘रुलिङ’

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा राख्नु सबैको जिम्मेवारी भएकोमा सरकारका मन्त्रीहरुले संसदको मर्यादामाथि उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका हुन् ।सांसदहरुले धारणा राख्दै गर्दै मन्त्रीहरु अगाडिबाट हिड्ने काम प्रतिनिधिसभा नियमावली बिपरित रहेको उनको भनाइ छ ।