SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्यालयबाट सत्ताको दुरुपयोग भयो, अख्तियारका पदाधिकारीमाथि गरेको व्यवहार छानबिन होस् : नेकपा

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले प्रतिपक्षीले संसद्का कारबाही गर्न रचनात्मक भूमिका खेल्दा कमजोरी ठानिएको लाग्न थालेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै बैठक अवरोधपछि बोल्दै मल्लले प्रतिपक्षहरूले एक भएर आवाज उठाउँदा समेत सत्तापक्ष र सरकार सुन्न तयार नभएको भन्दै आपत्ति जनाएका हुन्। उनले सभामुख डोलप्रसाद अर्याललाई प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि रुलिङ गर्न र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरे।