SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

ह्यारी र मेघन चार वर्षपछि पहिलो पटक परिवारसहित बेलायत जाँदै

बेलायत : बेलायतका राजकुमार ह्यारी मेघन र उनको परिवार आगामी महिना बेलायत भ्रमणमा जाने भएका छन् । बेलायती सञ्चारमाध्यम बीबीसी, टेलिग्राफ र आईटीभी न्यूजका अनुसार ड्युक तथा डचेस अफ ससेक्स ह्यारी र मेघन कार्केल आफ्ना दुई सन्तान आर्ची (७) र लिलिबेट (५) सहित बेलायत जाने अपेक्षा गरिएको छ । परिवारका रूपमा उनीहरूको यो चार वर्षयताकै पहिलो बेलायत भ्रमण हुनेछ ।हाल क्यालिफोर्नियामा बसोबास गरिरहेका ह्यारी र मेघनले सन् २०२० मा राजपरिवारको सक्रिय भूमिकाबाट पछि हट्दै उत्तर अमेरिका सरेका थिए ।