SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

जेलमा रहेकी अर्बपति महिलाका झोला लिलामीमा, पुग्ला पीडितको अर्बौं डलर फिर्ता गर्न ?

भियतनाम : लक्जरी कार, महँगा ह्यान्डब्याग र याटहरू (बिलासी जहाज) को लिलामी भए पनि इतिहासकै सबैभन्दा ठूलो ठगी प्रकरणमध्ये एककी मुख्य अभियुक्त, भियतनामी व्यवसायी ट्रुओङ माई लानले पीडितहरूलाई तिर्नुपर्ने अर्बौं डलर फिर्ता गर्न पर्याप्त रकम जुटाउन सकेकी छैनन् ।एक समय भियतनामकी सबैभन्दा धनी व्यवसायीमध्ये गनिने ६९ वर्षीया ट्रुओङ माई लानलाई करिब ४४ अर्ब अमेरिकी डलर बराबरको आर्थिक घोटालामा संलग्न भएको ठहर गर्दै दुई वटा आजीवन कारावासको सजाय सुनाइएको थियो ।