प्रधानमन्त्रीले देश र तीन करोड नेपालीलाई हेप्नु भयो : सांसद पोखरेल
काठमाडौं : नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले देश र तीन करोड नेपालीलाई हेपेको आरोप लगाएका छन् ।बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले लिपुलेक, कालापानी र लिम्पियाधुरा तीन सय ७२ किलोमिटर नेपाली भूमि १८१६ को सुगौली सन्धीपछि जारी भएका नक्शाहरु जताबाट हेरे पनि सो भूमि नेपालको भएको बताए ।उनले प्रधानमन्त्रीले नेपाल–भारत सीमाको विषयमा संसदबाट बोलेको विषयमा प्रतिपक्षी दलहरु केहि दिनदेखि विरोध आफ्ना कुराहरु राखिरहेको बताए।
