SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

राष्ट्रघाती अभिव्यक्ति प्रधानमन्त्रीले आफ्नै मुखबाट सच्याउनु पर्छ : हर्क साम्पाङ

काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट दिएको राष्ट्रघाती अभिव्यक्ति सदनमा आफै आएर आफ्नै मुखबाट सच्याउनु पर्ने बताएका छन् ।बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूहरुले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनु पर्छ भनेर लगातार आवाज उठाइरहेको भए पनि अझै सुनुवाइ हुन नसकेको बताए । उनले आफूहरुको माग यथावत रहिरहेको पनि बताएका छन् ।