SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूले मर्यादा उल्लंघन गरेको भन्दै एमालेद्वारा नियमापत्ति

काठमाडौँ । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाएका छन् । बिहीबारको बैठकमा मन्त्रीहरूले सभाको स्थापित नियम र गरिमाको बेवास्ता गरेको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराएका हुन् ।