SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान कानुनी व्यवस्थाले  व्यवसायी त्रासमा : चेम्बर

काठमाडौं : निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले व्यवसायी तथा लगानीकर्ताको मनोबल बढाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको छलफल तथा संवाद कार्यक्रममा अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन लगानीकर्ताको मनोबल बढाउने वातावरण आवश्यक रहेको बताए। उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटले सकारात्मक संकेत दिए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको धारणा राखे।