महालेखाको औंल्यायो कैफियत : वातावरण विभागको सवारी प्रदूषण अनुगमन अधुरो
काठमाडौं : वातावरण विभागले गर्दै आएको सवारी प्रदूषण अनुगमनले वास्तविक अवस्थाको यथार्थ चित्रण गर्न नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।महालेखाको ६३औं प्रतिवेदनले प्रदूषण परीक्षण पर्याप्त मात्रामा नभएको, समय र क्षेत्रको नमुना न्यून रहेको तथा दुईपांग्रे सवारी साधनलाई अनुगमनमा नसमेटिएकाले समग्र अवस्था दुरुस्त आउन नसकेको औंल्याएको हो।
